३ लाख नाघ्यो सुनको मूल्य, चाँदीको भाउ हालसम्मकै उच्च
९ माघ, काठमाडाैं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज ताेलामा ९ हजार २ सय रुपैयाँले बढ्दै सुनको मूल्य ३ लाख नाघेकाे हाे ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १ हजार ४०० रुपैयाँ पुगेको हो । यसअघि गत माघ ७ गते सुनको भाउ हालसम्मकै उच्च कायम भएको थियो । उक्त दिन सुनको भाउ प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ कायम भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा ३२० रुपैयाँले बढेर प्रतितोला छ हजार १९० रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार १०:५८






