३१ बैशाख २०८१, सोमबार | Mon May 13 2024

वैशाख १५ पछि सबै राजमार्ग खाल्डाखुल्डीबिहीनः मन्त्री महासेठ


११ चैत, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले आगामी वैशाख १५ गते भित्रमा देशैभरीका राजमार्ग खाल्डाखुल्डी बिहीन हुने बताएका छन ।

आइतबार नारायणगढ–मुग्लिन सडकखण्ड निर्माणको अनुमगनपछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री महासेठले देशका सबै राजमार्गमा वैशाख १५ गतेसम्म खाल्डाखुल्डी पूर्न निर्देशन दिएको बताए ।

उनले वैशाख १५ गते भित्र सडक विभाग अन्तर्गत पर्ने सबै राजमार्गमा खाल्डाखुल्डी देखिए आफूलाई फोन गरेर जानकारी दिन आग्रह समेत गरेका छन ।

उनले राजमार्गका खाल्डा नपुरे सडक विभागका कर्मचारीलाई बर्खास्त गर्ने चेतावनी दिए । उनले काठमाडौँ भित्रका सबै खाल्डा १५ दिन भित्र पुरिसक्ने पनि जानकारी दिए ।

प्रकाशित मिति : ११ चैत्र २०७४, आईतवार १८:५८

https://srdb.com.np/