एकैदिन सुनको मूल्य १० हजार ४ सयले बढ्यो, तोलामा २ लाख ९५ हजार नाघ्यो
७ माघ, काठमाडौं । सुनको भाउले नयाँ रेकर्ड बनाउने क्रम आज पनि जारी रहेको छ । बुधबार एकैदिन सुनको मूल्य तोलामा १० हजार ४०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ लाख ९५ हजार १०० रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै उच्च हो ।
यसअघि मंगलबार सुनको मूल्य तोलामा २ लाख ८४ हजार ७०० रुपैयाँ कायम थियो। यस्तै, चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य ४० रुपैयाँले बढ्दै आज प्रतितोला ५ हजार ९२० रुपैयाँमा कायम भएको छ । यो हालसम्मकै उच्च विन्दुमा पुगेको हो । अघिल्लो दिन चाँदीको मूल्य तोलामा ५ हजार ८८० रुपैयाँ थियो।
प्रकाशित मिति : ७ माघ २०८२, बुधबार १०:५६






