१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

हिमालयन ऊर्जा विकास कम्पनीले पायाे साधारण शेयर बिक्रीको अनुमति

२२ माघ, काठमाडौँ । नेपाल धितोपत्र बोर्डले हिमालयन ऊर्जा विकास कम्पनीलाई १४ कराेड ८५ लाख रुपैयाँ बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ । धितोपत्र बोर्डले सर्वसाधारणलाई बिक्री गर्ने गरी १४ लाख ८५ हजार कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति दिएको हो ।

प्रतिकित्ता १ सय अंकित दरको साधारण शेयर बिक्रीका लागि अनुमति दिइएको बोर्डले जनाएको छ । कम्पनीको शेयर बिक्री प्रबन्धकमा नबील इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

कम्पनीले यसअघि आयोजनाबाट प्रभावित दोलखा र रामेछाप जिल्लाका बासिन्दाका लागि लागि नौ लाख ९० हजार कित्ता शेयर बिक्री गरेको थियो । जारी पूँजी ९९ करोड रुपैयाँ मूल्यको १० प्रतिशत बराबरको ९ करोड ९० लाख रुपैयाँको साधारण शेयर बिक्री गरेको थियो ।

आयोजनाबाट उत्पादित विद्युत् रामेछापको खिम्ती गज्र्याङ १३२ केभी प्रसारण लाइनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । कम्पनीले उपल्लो खिम्ती १२ मेगावाट र माथिल्लो खिम्ती ७ मेगावाट क्षमताका आयोजना पनि निर्माण गरिरहेकोे छ ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलवार १४:११