प्रसूतिगृहकी चिकित्सक बबिता साहकी छोरीकाे अपहरण गर्ने मनीष गुप्ता पक्राउ
२२ माघ, काठमाडौँ । प्रसूतिगृहकी चिकित्सक बबिता साहकी छोरी सन्दिज्ञा साहलाई अपहरण गर्ने मनीष गुप्ता पक्राउ परेका छन्।

गुप्तालाई प्रहरीले सोमबार महोत्तरीको भिटामोडबाट पक्राउ गरेको हो। गुप्ताले बालिकालाई माघ ११ गते बिहान कोटेश्वरस्थित आफ्नै घरबाट अपहरण गरेका थिए । अपहरणमा संलग्न आरती गुप्ता र बबलु श्रेष्ठलाई प्रहरीले यसअघि नै पक्राउ गरेको थियो।
अपहरणमा परेकी साहलाई प्रहरीले सकुशल उद्वार गरेकाे थियाे ।
प्रकाशित मिति : February 5, 2019 at 12:35 pm







