सुनको मुल्यले बनायो नयाँ रेकर्ड, तोलाकै पुग्यो २ लाख ८२ हजार
५ माघ, काठमाडौँ । सुनचाँदीको मुल्यले नयाँ रेकर्ड बनाएको छ । सोमबार सुनको मुल्य तोलामा ४ हजार २ सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँ तोकेको छ । आइतबार २ लाख ७७ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
यस्तै, चाँदीको मुल्यले पनि नयाँ रेकर्ड बनाएको छ । आइतबार प्रतितोला ५ हजार ६२५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८५ रुपैयाँ बढेर ५ हजार ८१० रुपैयाँ पुगेको छ ।
प्रकाशित मिति : ५ माघ २०८२, सोमबार ११:२५









