१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

१० प्रतिशत सेवा शुल्क लिनु पर्ने माग गर्दै आजदेखि रेष्टुरेन्टहरुमा मजदुरकाे हड्ताल

२२ माघ, काठमाडौँ । रेष्टुरेन्ट तथा बार एसोसिएशन अफ् नेपाल (रेबान)ले उपभोक्ताबाट लिँदै आएको १० प्रतिशत सेवा शुल्क खारेज गर्ने निर्णय गरेको विरोधमा आजदेखि देशैभरका रेष्टुरेन्ट बन्द हुँदैछन ।

अखिल नेपाल होटल तथा क्यासिनो मजदुर संघले १० प्रतिशत सेवा शुल्क हटाउने निर्णयको विरोधमा आजदेखि देशैभरका रेष्टुरेन्ट तथा बार बन्द गर्ने घोषणा गरेको हो । संघका महासचिव मुक्ति दाहालले रेबानले आफूहरुसँग छलफल नै नगरी यो निर्णय गर्नु आपत्तीजनक रहेको र मजदुरमाथिको थिचोमिचो भएको बताए ।

यसैबीच रेष्टुरेन्ट तथा बारमा ग्राहकबाट लिने १० प्रतिशत सेवा शुल्क हटाउने निर्णयको विरोधमा मजदुरले आन्दोलन थाले पनि रेष्टुरेन्ट तथा बार एसोसिएशन अफ् नेपाल (रेबान)ले भने निर्णयबाट पछाडि नहट्ने बताएकाे छ । रेवानका अध्यक्ष प्रमाेद जैसवाल भन्छन `उपभोक्तालाई मार परेको र १० प्रतिशत सेवा शुल्कबापतको पैसा मजदुर र हामीलाई भन्दा पनि अरु ठाउँमा जान थालेपछि हामीले निर्णय फिर्ता गरेका हौँ, अब यो निर्णयबाट ब्याक हुँदैनौँ ।´

प्रकाशित मिति : २२ माघ २०७५, मंगलवार ०९:००