१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

पूर्वमन्त्री वद्रीप्रसाद न्यौपानेसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२१ माघ, काठमाडौँ । पूर्वमन्त्री वद्रीप्रसाद न्यौपानेसहित १४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

महिला, बालवालिका तथा समाज कल्याणमन्त्री एवं समाज कल्याण परिषद्का तत्कालिन अध्यक्ष बद्रीप्रसाद न्यौपाने, उपाध्यक्ष प्रमोद मेहता लगायतको उपस्थितिमा २० भदौ २०६९ मो रविन्द्र गुरुङलाई मासिक ५ लाख ५५ हजारमा १५ वर्षको लागी फनपार्क मेला सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

समाज कल्याण परिषदले प्रचलित मापदण्ड र प्रकृया विपरीत भृकुटीमण्डपस्थित फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा ३१ करोड ५२ लाख १७ हजार ६७५ रुपैयाँ २० पैसा हानी भएको अख्तियारको ठहर छ ।

अख्तियारका अनुसार इच्छुमति तरकारी बजारलाई प्रतिरोपनी ७८ हजार ५७१ रुपैयाँ ४२ पैसामा भाडामा दिएको छ । तर, फनपार्कको जग्गालाई वदनियतपूर्वक प्रतिरोपनी ९ हजार २५० रपैयाँमा भाडामा दिएको पाइएको छ । यसले समाज कल्याण परिषद्लाई ३१ करोड ५२ लाख १७ हजार ६७५ रुपैयाँ २० पैसा हानी नोक्सानी भएको अख्यिारको दाबी छ ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार १९:२७