२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

४ अर्ब १६ करोड घाेटाला गर्ने श्रीमान-श्रीमतीसहित ८ जना हुण्डी काराेबारी विरुद्ध मुद्दा दायर

२१ माघ, काठमाडौँ । राजस्व अनुसन्धान विभागले  ८ जनाविरुद्ध धनुषा जिल्ला अदालतमा ४ अर्ब १६ करोड बराबरको मुद्दा दायर गरेकाे छ । विभागले रामेश्वर साह, निजकी श्रीमती मिनादेवी साह, विजय यादव, मोख्तर अहमद, सन्तोष महतो, नरेश महतो सुरज ठाकुर र पप्पुकुमार दासविरुद्ध जिल्ला अदालतमा सोमबार मुद्दा दर्ता गरेको हो ।

उनीहरुले ४ अर्ब १६ करोड ३३ लाख ३१ हजार ९ सय १० रुपैयाँ ७५ पैसा घोटला गरेको भन्दै विभागले १२ अर्ब ४८ करोड ९९ लाख, ९५ हजार ७ सय ३१ रुपैयाँ २५ पैसा जनही बिगोको तीन गुणा जरिवाना असुल हुनुपर्ने माग दाबी गरेको छ ।

राजस्व छली गरेका उनीहरुलाई जनही ३ वर्ष कैद हुनुपर्ने माग दाबीसमेत गरिएको छ । प्रतिवादीमध्ये पप्पुकुमारको उमेर १५ वर्षको भएकाले आधा सजाय दाबी गरिएको छ । गत २२ पुसमा प्रहरीले रामेश्वरको घरमा छापा मारी ८३ लाख ६९ हजार नेपाली रुपैयाँ र ६ हजार ५ सय भारतीय रुपैयाँ बरामद गरेको थियो ।

उनीहरुले आपसी मिलेमतो गरी ह्वाट्सएप मार्फत सांकेतिक शब्द र चिन्हहरु प्रयोग गरी गुटमेलका कारोबारीसँग विदेशी मुद्रा र नेपाली रुपैयाँ हुण्डीको माध्यमबाट ठूलो परिमाणामा अवैध अन्तरदेशीय कारोबार गर्ने गरेको विभागले जनाएको छ ।

प्रकाशित मिति : 19:08