सुनचाँदीकाे मूल्य घट्याे, कतिमा हुँदैछ काराेबार ?
१ माघ, काठमाडाैँ । नेपाली बजारमा लगातार बढेर नयाँ रेकर्ड कायम गरेकाे सुनचाँदीकाे मूल्य बिहिबार घटेकाे छ। बुधबार ताेलामा १ हजार ५०० रूपैयाँले बढेकाे सुनकाे मूल्य आज ताेलामा १ हजार ५०० रूपैयाँले नै घटेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतिताेला २ लाख ७६ हजार ५०० रुपैयाँ कायम भएको छ । हिजाे छापावाल सुन प्रतिताेला २ लाख ७८ हजार रुपैयाँमा कारोबार भएकाे थियाे ।
यस्तै आज चाँदीकाे मूल्य पनि १७० रूपैयाँ घटेकाे छ । हिजाे प्रतिताेला ५ हजार ६५५ रुपैयाँमा कारोबार भएकाे चाँदी आज प्रतिताेला ५ हजार ४८५ रूपैयाँ कायम भएकाे छ।
प्रकाशित मिति : १ माघ २०८२, बिहीबार ११:५५









