२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

पूर्व प्रधानमन्त्री खनालले अस्पतालमै पुगेर गरे माक्सवादी लेखक श्रेष्ठलाई स्वास्थ लाभकाे कामना

२१ माघ, काठमाडाैँ । पूर्व प्रधानमन्त्री झलनाथ खनालले माक्सवादी लेखक कृष्णदास श्रेष्ठलाई नर्भिक अस्पताल थापाथली पुगेर भेटेका छन् ।  नेकपा क्रान्तिकारीका सल्लाहाकार प्रमुखसमेत रहेका श्रेष्ठलाई  खनालले स्वास्थ लाभकाे कामना गरेका छन् ।

श्रेष्ठ गत शुक्रबारदेखि छातिमा संक्रमण भएर नर्भिक अस्पतालमा भर्ना भएका छन् । श्रेष्ठको स्वास्थमा क्रमिक सुधार भैरहेको र छिटै अस्पतालबाट डिस्चार्ज गरिने परिवारले जानकारी दिए । ८७ वर्षिय श्रेष्ठले माक्सवाद सम्बन्धी पुस्तकहरु लेखेका छन् ।

प्रकाशित मिति : 18:27