रुकुमपूर्वमा साढे ३ वर्षीय बालिकामाथि याैनहिंसा गर्ने भरत गाैतम पक्राउ
२१ माघ, रुकुमपूर्व । रुकुम पूर्वकाे सिस्ने गाउँपालिकामा एक साढे तीन वर्षीया नाबालिका याैैन हिंसामा परेकीछिन । प्रहरीले नाबालिकालाई याैनहिंसा गर्ने सिस्ने गाउँपालिका-५, का ३१ वर्षीय मदन भनिने भरत गौतमलाई पक्राउ परेका छन ।

सोमबार दिउँसो १ बजे नाबालिकालाई याैनहंसा गरिरहेकाे स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । अन्य साथीभाइसँगै बसिरहेका गौतम पिसाव गर्न भन्दै हिँडेका थिए । गौतम हिँडेकै ठाउँतिर नाबालिका रोएको सुनेपछि उनीहरु हेर्न जाँदा आपत्तिजनक अवस्थामा भेटाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऐनबहादुर मल्लले बताए ।
प्रकाशित मिति : 18:16







