२७ पुष २०८२, आईतवार | Mon Jan 12 2026

तोलामा २८ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदै छ कारोबार ?

२७ पुस, काठमाडौं । स्थानिय बजारमा सुनको मूल्य पनः हालसम्मकै उच्च कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँको बढेर छापावाल सुन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँ कायम भएको छ ।

यसअघिगत गत पुस १३ गते छापावाल सुन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको थियो । जुन मूल्य हालसम्मकै उच्च हो । गत शुक्रबार भने छापावाल सुन प्रतितोला २ लाख ६७ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज प्रतितोला २१० रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ९९० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : २७ पुष २०८२, आईतवार १०:५४