३० बैशाख २०८१, आईतवार | Mon May 13 2024

वुटवलका व्यापारी भण्डारी दम्पतीको हत्यामा संलग्न सुटर अर्जुन गौतम पक्राउ


११ चैत, रुपन्देही । रुपन्देहीका व्यवसायी दम्पत्ति रमेश भण्डारी र आस्था भण्डारीको हत्यामा संलग्न सुटर पक्राउ परेकाे छ । नेपाल प्रहरीले रेडकर्नर नोटिश जारी गरेका सुटर अर्जुन गौतमलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

गौतमसहित ४ जनाको समूहले ९ असार २०६७ मा बुटवलको ब्यस्त बजार जेसिजचोकमा भण्डारी दम्पत्तिमाथि गोली हानेका थिए । रुपन्देही प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीका अनुसार गौतमलाई सुनौलीबाट पक्राउ गरिएको हो ।

उनलाई भारतीय प्रहरीसँगको समन्वयमा सुनौली नाकासम्म ल्याइएको पनि ज्ञवालीले बताए ।

प्रकाशित मिति : ११ चैत्र २०७४, आईतवार १८:०४

https://srdb.com.np/