१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

नेविसंघले हार्ने निश्चित भएपछि कांग्रेसले स्ववियू चुनाव सार्न खाेजेकाे वरिष्ठ नेता खनालकाे आराेप

२१ माघ, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेविसंघले हार्ने निश्चित भएपछि  कांग्रेसले स्ववियू चुनाव सार्न खाजेकाे आराेप लगाएका छन् ।

स्वतन्त्र विद्यार्थी युनियन, आरआर क्याम्पसले सोमबार काठमाण्डौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै खनालले स्ववियू चुनाव तोकिएकै मितिमा सम्पन्न गर्न पनि सरकारसँग माग गरे । उनले स्ववियू चुनावपछि धकेल्ने प्रयास नगर्न पनि नेपाली कांग्रेसलाई सचेत गराए ।

वरिष्ठ नेता खनालले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई आन्दोलन छोडेर देश निर्माणको अभियानमा जुटन आग्रहसमेत गरेका छन् ।खनालले देशको आर्थिक उन्नतिका लागि रचनात्मक काम गर्न छाडेर आन्दोलन गरिरहे नेपाली कांग्रेस आफै कमजोर हुँदै जाने चेतावनी दिए ।

प्रकाशित मिति : February 4, 2019 at 12:42 pm