नेपाली क्रिकेट टोलीले टी–२० सिरिजको खेलमा यूएईलाई हरायपछि प्रचण्डले यसरी दिए बधाई
२० माघ, काठमाण्डौँ । नेपाली क्रिकेट टोलीले यूएईमा सम्पन्न टी–२० सिरिजको अन्तिम खेलमा यूएईलाई हराउँदै ऐतिहासिक जित हासिल गरेकोमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बधाई दिएका छन् । प्रचण्डले फेसबुकमार्फत नेपाली क्रिकेट टोलीले एकपछि अर्को सफलता हात पार्दै सम्पूर्ण नेपालीहरुमा उत्साह र उमंग जगाएको भन्दै बधाई दिएका हुन् ।

उनले फेसबुकमा यस्ताे लेखेका छन्ः ‘सम्पूर्ण नेपाली क्रिकेट टोलीलाई बधाई दिन चाहन्छु । विश्वस्तरीय प्रतिस्पर्धाहरुमा नेपाली खेलाडीहरुको एकपछि अर्को जितले सम्पूर्ण नेपालीहरुमा उत्साह र उमंग छाएको छ । आगामी दिनमा पनि अझै राम्रो प्रस्तुतिको अपेक्षासहित नेपाली क्रिकेट खेलाडीहरुको उत्तरोत्तर प्रगतिको शुभकामना पनि व्यक्त गर्दछु ।’

प्रकाशित मिति : 21:16







