विराटनगर विमानस्थलबाट डिजेल चाेर्ने एकै परिवारका तीन बाबुछोरासहित चार जना पक्राउ
२० माघ, विराटनगर । विराटनगर विमानस्थलबाट डिजेल चाेर्ने एकै परिवारका तीन बाबुछोरासहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर– ४ का ४८ बर्षिय भोला यादव, उनका १८ बर्षिय छाेरा मुकेश यादव, उनकै २२ बर्षिय छाेरा अमित यादव र १९ बर्षिय रामचन्द्र यादव रहेका छन् ।

विराटनगर बिमानस्थलमा चौकीदारको रुपमा काम गर्दै आएका भोलाकै योजनामा अन्य तीन जनाले डिजेल चोरी गरेको प्रहरीले जानकारी दिएकाे छ । गत पुस ८ गते विमानस्थलको जेनेरेटरका लागि २ वटा ड्रममा राखेकाे चारसय लिटर डिजेल दोस्रो दिन ड्रमसहित चोरी भएको थियो ।प्रहरीले अनुसन्धानका क्रममा डिजेल चाेर्ने एकै परिवारका तीन सहित चार जनालाई पक्राउ गरेकाे हाे ।
प्रकाशित मिति : 20:32









