गुल्मीमा जीप दुर्घटनामा गाडी मालिकसहित दुई जनाको मृत्यु, दुईकाे अवस्था गम्भीर
२० माघ, गुल्मी । आइतबार दिउँसो गुल्मीकाे मुसिकोट नगरपालिका ८ वामी मैदानमा ग १ च ८३५७ नम्बरको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् । गाडी मैदान चौपारीबाट करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा गाडी मालिक मुसीकोट नगरपालिका ८ का ३० बर्षीय ठाकुर सापकोटा तथा सोही ठाउँकी ५५ बर्षीया पुतलीसिंह ठकुरीकोको मृत्यु भएको हो ।

त्यस्तै, मुसीकोट नगरपालिका ८ का ५५ बर्षीया हरिकला कार्की र बाग्लुङ दगातुमडाडा घर भई वामी मैदानमा दिदी भेट्न आएका १४ बर्षीय कमल कार्की गम्भीर घाइते भएका छन् । घाइतेहरूलाई थप उपचारको लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : 14:40









