१२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026

काठमाडौँकाे वानेश्वरबाट गुण्डा नाइके राजु गोर्खाली पक्राउ

२० माघ, काठमाडौं । काठमाडौँकाे वानेश्वरबाट गुण्डा नाइके राजु गोर्खाली पक्राउ परेका छन् ।

गोर्खालीविरुद्ध प्रहरीमा उजुरी परेपछि महानगरीय अपराध महाशाखाको टोलीले उनलाई वानेश्वरबाट पक्राउ गरेको हो । सुन्धारास्थित काठमाडौँ मलका व्यापारीलाई धम्काएर जबर्जस्ती रकम असुली गरेको उजुरी परेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

अपहरण, फिरौती, चन्दा, जबरजस्ती असुली, ठेकापट्ट आदिमा संलग्न हुँदै आएका गुण्डा नाइके गोर्खाली यसअघि पनि पक्राउ पर्दै र छुट्दै आएका थिए ।

 

प्रकाशित मिति : February 3, 2019 at 1:58 pm