विराटनगरकी ११ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको खुलासा, दुई जना बलात्कारी पक्राउ
२० माघ, विराटनगर । विराटनगरकी ११ वर्षीया रुपमतीको बलात्कारपछि हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेकाे छ । विराटनगर महानगरपालिका–बलुवाईकी ११ वर्षीया बालिका रुपमती दासको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले विराटनगर ८ का २५ वर्षीय अब्बास अन्सारी र १८ वर्षीय चन्दु महतोलाई पक्राउ गरेको छ । लागूऔषधका प्रयोगकर्ता हुन्नदुबै जनाले नसामा बालिकाको बलात्कारपछि हत्या गरेर शव खोलामा फालेको पहरीले जनाएकाे छ ।

रुपमती गत शनिवार घरबाट छिमेकमा टिभी हेर्न जाने क्रममा हराएकी र भोलिपल्ट बिहान घरदेखि करिब ५०० मिटर दक्षिण खोलामा नग्न अवस्थामा शव भेटिएको थियो । पक्राउ परेका दवैजनालाई आजै सार्बजनिक गर्ने तयारी रहेको प्रहरीले बताएकाे छ ।
प्रकाशित मिति : 12:56







