सुनिता डंगोलका नाममा ठगी, यस्तो छ अपिल
११ पुस, काठमाडौँ । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आफ्नो नामबाट ह्वाट्स एप एकाउन्ट बनाई स्क्याम गरेको भन्दै प्रहरीसँग गुहार माग्नुभएको छ । उहाँले शुक्रबार फेसबुकमार्फत् स्क्रिनसट राख्दै त्यो खाता र नम्बर आफ्नो नभएको भन्दै कारबाहीका लागि प्रहरीसँग अनुरोध गर्नुभएको छ ।
सुनिताले आफूले नेपाल प्रहरीलाई जानकारी गराएर कानूनी प्रक्रिया अघि बढाइसकेको बताउँदै आर्थिक कारोबार नगर्न अपिल गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘मेरो नाम र फोटो दुरुपयोग गरी नक्कली नम्बरबाट पैसा माग्ने कार्य भइरहेको जानकारी प्राप्त भएको छ । यो म होइन र यो मेरो नम्बर पनि होइन । कृपया यस्तो सन्देश आएमा पैसा नपठाउनुहोस् र प्रतिक्रिया नदिनुहोस् ।’

प्रकाशित मिति : ११ पुष २०८२, शुक्रबार ११:१८












