३० बैशाख २०८१, आईतवार | Mon May 13 2024

कर्णाली प्रदेशका कर्मचारीलाई फेसबुक चालाउन प्रतिबन्ध


११ चैत, काठमाडौँ । कर्णाली प्रदेशमा कर्मचारीका लागि फेसबुक प्रतिबन्ध भएको छ । प्रदेश सरकारले आफू मातहतका मन्त्रालय तथा कार्यालयहरुमा फेसबुक चलाउनमा रोक लगाउने अन्तिम तयारी गरेको छ ।

फेसबुकको कारण जनताको काममा प्रभावित भएको र समयको दुरुपयोग बढेको भन्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश सरकार मातहतमा रहेका मन्त्रालय र कार्यालयहरुमा फेसबुक चलाउन प्रतिबन्ध लगाउने घोषणा यसअघि नै गरिसकेका छन ।

कर्मचारीहरु जनताको कामभन्दा पनि बढी समय फेसबुकमा बिताउने भएकाले आइतबार प्रदेश सरकारले यसका लागि वीरेन्द्रनगरस्थित इन्टरनेटका निजी कम्पनिहरुसँग छलफल गरेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७४, आईतवार १७:०७

https://srdb.com.np/