भारत हुँदै तेस्रो देश लान लागिएका १०० महिलाको उद्दार, विचाैलिया आशाकाजी पक्राउ
१९ माघ, काठमाडाैँ । भारत हुँदै तेस्रो देश लान लागिएका १०० महिलाको भारतको मणिपुरबाट उद्दार गरिएको छ । अवैध रुपमा विभिन्न मुलुक लैजान खोजिएका उनीहरूलाइ भारतको उत्तरपूर्वी राज्य मणिपुरबाट उद्दार गरिएको माइती नेपालले जनाएको छ ।
माइती नेपालले नै दिएको सूचनाका अाधारमा म्यानमारको बाटो भएर इराक र दुबई लैजान लागिएको महिलाको उद्धार गरिएको हो । माइती नेपालका अनुसार इम्पल्स एनजीओ नेटवर्कको सहयोगमा मणिपुर पुलिसले म्यानमारसँग सीमा जोडिएको क्षेत्र, होटल र विमानस्थलबाट उद्दार गरिएको हो ।

प्रहरीले सिन्धुपाल्चोकका ४२ वर्षीय आशाकाजी तामाङ र अर्का एक जनालाइ पक्राउ समेत गरेको छ । उद्धार गरिएका महिलाहरूलाइ केही दिनमै नेपाल ल्याइने माइती नेपालले जनाएको छ ।
प्रकाशित मिति : 20:11









