२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

एमाले अध्यक्षमा ईश्वर पोखरेलले दिए उम्मेदवारी

२९ माघ, काठमाडौँ । नेकपा (एमाले)को नेता ईश्वर पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ ।

पोखरेलले काठमाडौँको भृकुटीमण्डपस्थित महाधिवेशनस्थितल पुगेर उम्मेदवारी दिनुभएको हो । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पोखरेलले पार्टीलाई विधि र पद्धतिअन्तर्गत ठिक ढंगले चलाउन आफू अध्यक्ष पदको उम्मेदवार बनेको बताउनुभयो ।

पार्टीलाई सांगठनिक, वैचारिक र कार्यशैलीका आधारमा पुनःव्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको पोखरेलको भनाइ छ ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार १५:२५