२७ माघ २०८२, मंगलवार | Tue Feb 10 2026

नेपाल टेलिकमकाे २६ प्रतिशत सेयर सर्वसाधारणका लागि जारी गर्ने सञ्चारमन्त्री बाँस्काेटाकाे उद्घाेष

१८ माघ, काठमाडाैँ । नेपाल टेलिकमकाे २६ प्रतिशत सेयर सर्वसाधारणका लागि जारी गर्ने तयारी रहेकाे सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताएका छन् । नेपाल टेलिकममा ९२ प्रतिशत सेयर सरकारको स्वामित्वमा रहेकाले २६ प्रतिशत सेयर सर्वसाधारणका लागि जारी गर्ने तयारी गरिएको मन्त्री बाँस्कोटाले जानकारी दिएका हुन्।

हाल नेपाल टेलिकममा ९२ प्रतिशत सेयर सरकारको तथा बाँकी ८ प्रतिशत सेयर टेलिकमका कर्मचारीसहित पब्लिकको रहेको छ। मन्त्री बाँस्कोटाले अब ६६ प्रतिशत सेयर मात्रै सरकारले राखेर बाँकी २६ प्रतिशत सेयर सर्वसाधारणका लागि जारी गर्ने बताएका हुन्।

नेपाल टेलिकमलाई अघि बढाउन रणनीतिक साझेदारकाे खोजी नगर्ने निर्णय सरकारले लिएको बताउँदै मन्त्री बाँस्काेटाले नेपाल टेलिकमले प्रगति गरिरहेको र त्यसमा जनताको अपनत्व अनुभूति गराउन पनि आफूहरुले सर्वसाधारणको लागि उल्लेख्य सेयर जारी गर्ने तयारी गरेको बताए ।

नेपाल टेलिकममा बजार पूँँजीकरण हाल १ खर्ब ८ अर्ब १५ करोड रुपैयाँ रहेको छ। टेलिकमका हाल ल्यान्डलाइन, जिएसएम मोबाइल, सिडिएमए र इन्टरनेट सेवा गरी एक करोड भन्दा बढी प्रयोगकर्ताहरू रहेका छन्।

प्रकाशित मिति : १८ माघ २०७५, शुक्रबार १७:३५