२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

इटाली जान हिँडेका ५ नेपाली युवा लिबियामा गुण्डाको कब्जामा, दुई दलाल पक्राउ

१८ माघ, काडमाडाैँ । इटाली जान हिँडेका ५ नेपाली युवा लिबियामा गुण्डाको कब्जामा रहेकाे खुलासा भएकाे छ । लिबियामा बन्धक हुनेहरुमा पर्वतका रञ्जित केसी, म्याग्दीका दिरस थापा र अमन लोजा, र स्पष्ट ठेगाना नखुलेका ओम गुरुङ र सुरेश केसी रहेका छन् ।

नेपालबाट दुबई, लिबिया हुँदै इटाली पुर्याइदिने भन्दै दलाललाई प्रतिव्यक्ति करिब १४ लाख बुझाएर हिँडेका युवाहरु लिबियामा सरही गुण्डाको कब्जामा परेका हुन् ।

फाइल फाेटाे

नेपाली युवालाइ युराेप पुर्याइदिने भन्दै माेटाे रकम असुलेका जसध्वज गुरुङलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ भने अपराध महाशहाखाको टोलीले काठमाडौंबाट सन्तोष पराजुलीलाई पक्राउ गरेको छ ।

उनिहरूले रञ्जित केसीबाट १३ लाख १२ हजार, धिरज थापाबाट १३ लाख ८० हजार, अमज लोजाबाट १३ लाख र ओम गुरुङबाट ११ लाख ६० हजार रुपैयाँ लिएकाे बताएका छन् । अर्का पीडित सुरेश केसीसँग लिएको रकमबारे भने उनिहरूले जानकारी नदिएकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : 14:11