फेसबुकको दुरुपयोग रोक्न गैडाकोटमा बिद्यालयकाे अगुवाइमा जनचेतनामूलक र्याली
गोविन्द घिमिरे
१८ माघ, गैडाकोट । नेपाली समाजमा बढ्दो फेसबुकको दुरुपयोगलाई कम गर्ने उदेश्यले शुक्रबार नवलपुरको गैडाकोटमा जनचेतनामूलक र्यालीको आयोजना गरिएको छ । सामाजिक सञ्जालको बढ्दो प्रयोगले बालिबालिकादेखि सबै उमेर समुहका मानीसहरु साइबर अपराधको शिकार भएको भन्दै गैडाकोट ईग्लिंस स्कुलले जनचेतनामूलक र्यालीको आयोजना गरेको हो ।

विद्यालयका प्रिन्सीपल हिरालाल अर्यालले प्रविधि र समाजीक सञ्जालको विकाससँगै दुरुपयोग बढेको भन्दै विद्यार्थीहरुलाई यसबारेमा सचेत गराउने उदेश्यले एन्टी फेसबुक क्याम्पीएनको आयोजना गरिएको जानकारी दिए । १६ वर्ष उमेरदेखि मात्रै फेसबुक चलाउन पाउने फेसबुकको नियम भएपनि सो भन्दा कम उमरेका बालबालिकाहरुले समेत फेसबुक प्रयोग गरिरहेको भन्दै आफ्ना बालबालिकाहरुलाई यसको गलत प्रयोग गर्नेतर्फ रोकथाम गर्न अविभावकहरुनै समेत रहनु् पर्ने बताउनु भयो ।
चालू आर्थिक वर्षको १० महिनामा एकहजार १ सय ७६ साइबर अपराधका घटना दर्ता भएका छन् भने फेसबुकमा करिव १५ लाख नेपालीहरु आवद्व रहेको तथ्याकं रहेको छ । विभिन्न प्लेकार्ड सहित विद्यालय परिसरबाट निस्किएको जनचेतनामूलक र्यालीले गैडाकोटको शिलन्यासचोक, विकासचोक, मिलनचोक हुँदै पुनः विद्यालय परिसरमा पुगी सम्पन्न भएको थियो ।
प्रकाशित मिति : 13:43







