२३ मंसिर २०८२, मंगलवार | Tue Dec 9 2025

बैंकहरूले संस्थागत मुद्दती निक्षेपमा व्यक्तिगत सरह ब्याजदर दिन सक्ने

१५ मंसिर, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले संथागत मुद्दती निक्षेपमा पनि व्यक्तिगत मुद्दती निक्षेप सरह ब्याजदर दिन पाउने भएका छन् ।सोमबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले उक्त व्यवस्था गर्ने घोषणा गरेको हो ।

हाल बैंक तथा वित्तीय संस्थाले संस्थागत निक्षेपकर्तालाई व्यक्तिगत निक्षेपकर्ताको भन्दा मुद्दती निक्षेपमा १ प्रतिशत बिन्दुले कम ब्याजदर दिनुपर्ने व्यवस्था थियो ।

‘बैंक तथा वित्तीय संस्थाले संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरभन्दा कम्तिमा १ प्रतिशत बिन्दुले कम गर्नुपर्ने विद्यमान व्यवस्था खारेज गरिनेछ,’ मौद्रिक नीतिकाे समीक्षामा भनिएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार ११:१९