२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

रक्सी खाएर होहल्ला गर्दै मोटरसाइल चलाउने काठमाडाैँ प्रहरी प्रमुखका अंगरक्षकसहित दुई पक्राउ

१८ माघ, काठमाडाैँ । रक्सी खाएर होहल्ला गर्ने दुई प्रहरी अधिकारी भक्तपुरमा पक्राउ परेका छन । पक्राउ परेका दुबै  काठमाडाैँ प्रहरी प्रमुख वसन्त कुमार लामाका घुमुवा जवान हुन । बिहिबार राति मनहरा खोलामा मापसे गरेर हो–हल्ला गरेपछी भक्तपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी जवान मिलन ढुंगाना र महानगरीय प्रहरी वृत सिंहदरबारमा कार्यरत मनोज धमलालाई भक्तपुरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले रक्सी खाएर हल्ला गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।  रक्सी खाएर तिब्र गतिमा मोटरसाईकल चलाएर हो–हल्ला गर्दै हिँड्दै गर्दा उनीहरू पक्राउ परेका हुन । उनीहरुलाई महानगरीय प्रहरी वृत ठिमीको हिरासतमा राखिएको छ । प्रहरीहरुबारे थप अनुसन्धान भईरहेको बताईएको छ ।

पक्राउ परेका ढुंगानाले आफूलाई काठमाडौंका एसएसपी बसन्त लामाको अंगरक्षक (बडिगार्ड) भएको बताएका छन् । प्रहरी जवान मनोज धमलालाई बसन्त लामाले आफ्नो घुमुवाको रुपमा काम गर्नेगरी महानगरीय प्रहरी वृत सिंहदरबारमा खटाएका थिए ।

प्रकाशित मिति : 09:54