११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

तेस्रो जितले टिमको मनोबल बढेको छः प्रशिक्षक शाही

१२ मंसिर, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)मा आज तेस्रो जित निकालेपछि काठमाडौँ गोर्खाजका प्रशिक्षक वसन्त शाहीले टिमको मनोबल उच्च भएको बताउनुभएको छ ।

जितपछि सञ्चारकर्मीसँगको कुराकानीमा प्रशिक्षक शाहीले भन्नुभयो, “आजको जीतले टिमको मनोबल बढेको छ, अहिलेलाई हाम्रो लक्ष्य भनेको शीर्ष दुईभित्रमा रहँदै प्लेअफ पुग्नु हो ।”

आज काठमाडौँ गोर्खाजले चितवन राइनोजलाई ५३ रनले पराजित गरेको थियो । आजको जीतपछि काठमाडौँ छ अङ्कसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

टिमको सबैपक्षमा सुधार हुँदै गएको बताउदै उहाँले आगामी खेलहरू जित्नेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “टिमको सबैपक्षमा सुध्रिदै गएको छ, अब आउने खेलमा पनि विजयी हुनेमा ढुक्क छौँ ।

प्रकाशित मिति : November 28, 2025 at 5:20 pm