नेकपाका प्रवक्ता ‘प्रकाण्ड’ का छोरा नरेन्द्र विश्वकर्मा विराटनगरबाट गोलिसहित प्रक्राउ
१७ माघ, विराटनगर । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का छोरा गोलीसहित पक्राउ परेका छन । प्रवक्ता प्रकाण्डका छोरा नरेन्द्र विश्वकर्मा बिहीबार सांझ विराटनगरबाट गोलीसहित पक्राउ परेका हुन ।
कालिकोट घर भएका २७ वर्षीय विश्वकर्मालाई विराटनगर विमानस्थलबाट तीन वटा गोलीसहित पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए । विश्वकर्माको साथबाट बरामद गरिएको गोली नाइन एमएम पेस्तोलमा लोड हुने गर्छ ।

डीएसपी श्रेष्ठले सुरक्षा चेकजांचका क्रममा विश्वकर्मा पक्राउ परेकाे बताए । नरेन्द्र यति एयरलायन्सको जहाजबाट सांझ ५ः ५५ को उडाननबाट विराटनगर विमानस्थल हुंदै काठमाडौं जाने तयारीमा थिए ।
प्रकाशित मिति : १७ माघ २०७५, बिहीबार २२:४५












