२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

चिकित्सक संघले अस्पताल बन्द गराए प्रतिरोध गर्ने त्रिवि शिक्षण अस्पतालका चिकित्सकको चेतावनी

१७ माघ, काठमाडाैँ । त्रिवि शिक्षण अस्पतालका प्रा.डा. प्रदीप ज्ञवालीले चिकित्सक संघले अस्पताल बन्द गराए आफूले प्रतिरोध गर्ने चेतावनी दिएका छन । ज्ञवालीले कुनै पनि बहनामा बिरामीहरुको उपचारमा अबरोध भए आफूले प्रतिरोध गर्ने बताए । बिहीबार डा गोविन्द केसीको अस्पतालमा जारी अनशनको बिरोधमा भएको प्रदर्शनमा उनले चिकित्सकहरुको काम उपचार भएको भन्दै अस्पलतालमा राजनीति नगर्न चेतावनी दिए । डा. ज्ञवालीले डा. केसीलाई मोहोरा बनाएर राजनीतिक दल र स्वार्थ समुहहरुले शिक्षण अस्पताललाई राजनीतिको थलो बनाएको बताए ।

डा.केसीले सुरुमा अनशन गर्दा आफू नै सहयोगी र अभियान्ता भएर हिडेको संस्मरण गर्दै उनले तर डा.केसीको अनशन राजनीतितिर मोडिएपछि आफू अलग भएको बताए । डा.ज्ञवालीले नेपाल चिकित्सक संघ भित्र अनियमितता र भ्रष्टचार रहेको बताउँदै यो संघ केवल एउटा पार्टीको गोटी भएको बताए ।

यस्तै टिचिङ अस्पतालमै कार्यरत प्रा.डा रामप्रसाद उप्रेतीले अस्पताल बन्दा गराएर एउटा गिरोहले निजी नर्सिङहोममा बिरामी लैजाने गरेको बताए । उनले अस्पतालमा बन्द हड्ताल गरे प्रतिरोध गर्ने चेतावनी दिए । उनले अस्पताल शान्ति क्षेत्र भएको भन्दै अनशन, बन्द र हड्ताल बिरुद्ध आफूहरु उभिने बताए । बिहीबार डा गोविन्द केसीको अनशनको बरोधमा प्रदर्शन गर्दै त्रिवि शिक्षण अस्पतालका, चिकित्सक, नर्श र स्वास्थ्यकर्मीहरुले हडताल गरे प्रतिरोधमा उत्रने चेतावनी दिए ।

 

बिरोधसभामा

प्रकाशित मिति : 20:58