पैसा लिएर लाइसेन्स बेच्ने यातायातका ८ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
१८ माघ, काठमाडाैँ । पैसा लिएर लाइसेन्स बेच्ने यातायातका ८ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । लिखित तथा ट्रायल परीक्षामा फेल भएका तथा परीक्षामा उपस्थित नै नभएकालाई सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण गर्ने यातायात कार्यालयका ८ जना कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालत बबरमहलमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

यातायात कार्यालय एकान्तकुनामा कार्यरत शाखा अधिकृत भक्तबहादुर विष्ट, शाखा अधिकृत विष्णुप्रसाद सुवेदी¸ कम्प्युटर अपरेटर जयनारायण चौधरी र सचिन कुमार सिंह, यातायात व्यवस्था सवारी चालक अनुमति पत्र कार्यालय ठुलोभर्याङका कम्प्युटर अधिकृत विजेन्द्र राज जोशी¸ तत्कालीन एकान्तकुनामै कार्यरत तथा हाल कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरका कम्प्युटर अपरेटर अमित कुमार साह¸ हाल मेची यातायात व्यवस्था कार्यालयका कम्प्युटर अपरेटर विजयराम बनमाला र हाल प्रदेश नं२ आर्थिक मामिला तथा योजना मन्त्रालयका कम्प्युटर अपरेटर मदन कुमार साह गरी ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो।
प्रकाशित मिति : 19:08









