३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

हतियार प्रयोग गरी वृद्धाको हत्या

४ फागुन पाल्पा । बगनासकाली गाउँपालिका–२ पोखराथोककी ६० वर्षीया ईश्वरी भट्टराईको हत्या भएको छ ।

छिमेकी विष्णु खनालले आज बिहान हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
हत्यापछि फरार अभियुक्त खनाललाई तानसेन नगरपालिका–६ बर्तुङमा लुकेको अवस्थामा प्रहरीेले पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७४, शुक्रबार १५:२४