१२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026

कोठामै गएर बाँसको लठ्ठीले विद्यार्थीलाई घाइते हुनेगरी कुट्ने शिक्षक पक्राउ

१७ माघ, सल्यान  ।  सल्यानमा कोठामै गएर बाँसको लठ्ठीले विद्यार्थीलाई घाइते हुनेगरी कुट्ने शिक्षक पक्राउ परेका छन् । जिल्लाको कुमाख गाउँपालिका–२, रुमाल गाउँमा रहेको नारायण माविमा कक्षा १० मा अध्यानरत छात्र राजु हमाललाई त्यसैले विद्यालयका शिक्षक हिमबहादुर बुढाले गम्भीर घाइते हुनेगरी कुटपिट गरेको परिवारले आरोप लगाएको छ ।

आउँदै गरेको एसईईको तयारीका लागि कोठा लिएर पढ्दै गरेका विद्यार्थीलाई बुधबार कोठामै गएर शिक्षकले बाँसको लठ्ठीले कुटपिट गरेर घाइते बनाएको पीडित विद्यार्थीका बुवा गनेश हमालले बताउनुभयो ।

घाइते विद्यार्थीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भएको र स्वास्थ्यमा समस्या देखिएकाले थप उपचारका लागि परिवारले बाहिर लैजाने तैयारी गरी रहेको प्रहरीले जनाएको छ । विद्यार्थीमाथि कुटपिट गर्ने शिक्षकलाई अस्थाई प्रहरी पोष्ट नेटाले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी विरेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो। विद्यालयका प्रधानध्यापक देवेन्द्र रावते विद्यार्थीमाथि कुटपिट भएको स्वीकार गरेका छन् ।

प्रकाशित मिति : January 31, 2019 at 4:28 pm