१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

कांग्रेसले चल्नै दिएन संसद बैठक, माघ २० सम्मका लागि स्थगित

१७ माघ, काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले संसद् र सरकारका काम कारवाहीलाई लिएर बिहीबार पनि प्रतिनिधिसभा बैठकमा अबरोध गरेको छ । कांग्रेसले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्दा संसद्मा शक्ति प्रयोग गरिएको, विधेयक सदनमा छलफल नगरी पारित प्रक्रिया अघि बढाइएको, अनशनरत डा गोविन्द केसीका माग सम्बोधनमा कुनै सुनुवाइ नभएको भन्दै संसदमा अबरोध गरेको हो ।

कांग्रेस सांसद डा मिनेन्द्र रिजालले धारणा राखेपछि कांग्रेस सांसदले उभिएर बैठकमा अबरोध जनाएका थिए । कांग्रेस सांसदको अबरोधपछि सभामुख कृष्णबहादुर महराले माघ २० गते दिउँसो ३ बजे बस्नेगरी बैठक स्थगित गरे ।

भिडियो यहाँ हेर्नसक्नुहुन्छ

प्रकाशित मिति : January 31, 2019 at 2:13 pm