१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

संसद्मा अवरोध कायमै राख्ने काङ्ग्रेसको लिँडेढिपी

१७ माघ, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले संसद् र सरकारका केही काम कारवाहीलाई लिएर सङ्घीय संसद्मा गर्दै आएको अवरोध कायमै राख्ने जनाएको छ । काङ्ग्रेस संसदीय दलको आज यहाँ बसेको बैठकले विधेयक पारित गर्दा संसद्मा शक्ति प्रयोग गरिएको, चिकित्सा शिक्षा विधेयक सदनमा छलफल नगरी पारित प्रक्रिया अघि बढाइएको, अनशनरत डा गोविन्द केसीका माग सम्बोधनमा कुनै सुनुवाइ नभएको भन्दै विरोध कायमै राख्ने निष्कर्ष निकालेको हो ।

 

बैठकबारे जानकारी गराउँदै पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले सदन सञ्चालनमा संसदीय मर्यादा उल्लङ्घन भएको र राष्ट्रिय मुद्दा सुनुवाइमा सरकार गम्भीर नभएको भन्दै सदन सञ्चालन गर्न काङ्ग्रेसले सहयोग गर्न नसक्ने बताउनुभयो । काङ्ग्रेसले आफूले उठाउँदै आएका माग सम्बोधन नभएको भन्दै प्रतिनिधिसभा र राष्ट्रियसभाका आज बस्ने दुवै बैठक अवरोध गर्ने जनाएको छ ।

प्रकाशित मिति : January 31, 2019 at 1:38 pm