२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

विष खान नमानेपछि युवकले युवतीलाई निर्घात कुटपिट गरे

१६ माघ, इलाम ।  सन्दकपुर गाउँपालिकास्थित सुलुबुङका एक युवाले विष खान नमानेपछि युवतीलाई कुटपिट गरेर गम्भीर घाइते बनाएका छन् । सो गाउँपालिकाको वडा नं ३ का कृष्णप्रसाद सुवेदीका ३३ वर्षीय छोरा सागरले सोही स्थान बस्ने सरिता रेश्मी माथि कुटपिट गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार सागरले २७ वर्षीय सरितालाई जङ्गलमा लगेर विष खुवाउन खोजेको तर नमानेपछि निर्घात कुटपिट गरेका थिए । कुटपिटपछि घाइते सरितालाई उपचारका लागि जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि झापा लगिएको छ । सागरलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको बताइएको छ ।

प्रकाशित मिति : 19:54