राजनीतिलाई सफा गर्ने जिम्मेवारी हाम्रै होः प्रचण्ड
१६ माघ, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिलाई सफा गर्ने जिम्मेवारी अाफूहरू जस्तै राजनीतिज्ञकै भएको बताएका छन् । बुधबार काठमाडाैँमा अायोजित एक कार्यक्रममा उनले राजनीतिलाई सफा गर्न अरुले खबरदारी भने गर्नुपर्ने बताए ।

सोही कार्यक्रममा बोलेका वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले सबैभन्दा बढी भ्रष्टचार राजनीतिमा भएको बताएपछि प्रचण्डले यस्तो जवाफ दिएका हुन । अध्यक्ष प्रचण्डले भने मदनकृष्णको कुरा मिठो लागेको मात्र होइन, यो राजनीतिमा लाग्नु भन्दा बरु हामी कलाकारितातिर लाग्नु पर्नेरहेछ भन्ने लागेको भन्दै ठट्टा समेत गरेका थिए । प्रचण्डले भने, ‘राजनीतिलाई सफा गर्ने जिम्मेवारी राजनीतिज्ञकै हो । तपाई हेर्नुहोला, १० वर्षभित्र राजनीति सफा हुन्छ ।’
प्रकाशित मिति : १६ माघ २०७५, बुधबार १८:५०








