२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

नाफासँगै बढ्यो ग्लोबल आइएमई बैंकको प्रतिसेयर आम्दानी, वितरणयोग्य मुनाफा कति ?

२१ कात्तिक, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा बैंकले १ अर्ब ८५ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.९२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५१ करोड २१ रुपैयाँ खुद नाफा कमाएको थियो।

यो अवधिमा बैंकको संचालन नाफा पनि १०.४३ प्रतिशतले बढेर २ अर्ब २७ करोड १६ लाख रुपैयाँ कायम भएको छ । समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ४ अर्ब ११ करोड ८९ लाख रुपैयाँबाट बढेर ४ अर्ब १३ करोड ३० लाख ६३ हजार रुपैयाँ पुगेको छ । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा पनि बढेर ४ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ पुगेको छ। बैंकको वितरणयोग्य प्रतिसेयर आम्दानी २२ रुपैयाँ ९५ पैसा रहेको छ।

३८ अर्ब ११ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३० अर्ब ३० करोड रुपैयाँ सञ्चित छ। बैंकले असोज मसान्तसम्ममा ५ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब २१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ७७ पैसा बढेर १९ रुपैयाँ ५१ पैसा, प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ ५० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १२.१० गुणा रहेको छ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार ०९:२१