२७ माघ २०८२, मंगलवार | Tue Feb 10 2026

रिलायबल लाइफ इन्सुरेन्सको जीवन बीमा सम्बन्धी सेवा ग्लोबल आईएमई बैंकबाट पाउन सकिने

१५ माघ, काठमाडाैँ । ग्लोबल आइएमई बैंक लि. र रिलायबल लाइफ इन्सुरेन्स कम्पनी लि. बीच बैंन्कासोरेन्स सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमई बैंक लि. का १३३ वटै शाखाहरु मार्फत रिलायबल लाइफ इन्सुरेन्स कम्पनी लि को जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिनेछ ।

उक्त सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत श्री महेश शर्मा ढकाल र रिलायबल लाइफ इन्सुरेन्स कम्पनी लि को तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री नारायणबाबु लोहनीले हस्ताक्षर गर्नुभएको हो । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले १३३ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, ७ वटा एक्सटेन्सन काउण्टर तथा ११७ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन, अष्टे«लिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

प्रकाशित मिति : १५ माघ २०७५, मंगलवार २२:२३