२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति वाग्ले कांग्रेस कार्यकर्तासँगै सरकारविरूद्ध सडकमा

१५ माघ, काठमाडाैँ । नेपाली कांग्रेसका कार्यकर्ताले सरकारविरूद्ध गरेको प्रदर्शनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा राजेन्द्रराज वाग्ले पनि सहभागी भएका छन । प्रतिनिधिसभाबाट पारित भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको विरोधमा नेपाली कांग्रेसका कार्यकर्तासँगै वाग्ले पनि सडकमा निस्किएका हुन । माघ १२ गते भएको नयाँ बानेश्वरमा कांग्रेस कार्यकर्ताको प्रदर्शनमा वाग्ले पनि सहभागी भएका हुन ।

सोलिडारिटी फर गोविन्द केसी अलायन्स नाम दिएको प्रदर्शनमा झण्डै सय जना नेपाली कांग्रेस निकटका चिकित्सक र कर्मचारी तथा विद्यार्थीहरू रहेका थिए । सरकारले सीमित मेडिकल कलेजको सिण्डिकेट तोडेपछि विक्षिप्त बनेका कांग्रेस निकटका मेडिकल कलेज व्यवसायीको लगानीमा गोविन्द केसीको जीवना रक्षाको नाम दिँदै अनेक खालका क्रियाकलाप भैरहेको अारोप लागेको छ ।

प्रकाशित मिति : 20:23