तारकेश्वरको गोलढुंगामा लुटपाट गर्ने २ जना पक्राउ
१३ कात्तिक, काठमाडौं । लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर भिमफेडी गाउँपालिका(५ घर भई हाल काठमाडौंको बूढानीलकण्ठ बस्ने २६ वर्षीय सूर्य बहादुर घलान र सिन्धुली दुधौली नगरपालिका १० घर भई हाल बूढानीलकण्ठमै बस्ने २३ वर्षीय मनोज चौधरी रहेका छन् ।
बुधबार राति करिब ११ बजेतिर तारकेश्वर नगरपालिलका-५ गोलढुंगा फूलबारी गेट नजिकै एक युवकलाई लुटपाट गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बा ४२ प ४०६९ नं.को कालो पल्सर मोटरसाइकलमा आएका उनीहरुले धारिलो हरियार देखाइ एक युवकको साथमा रहेको ब्याग नै लुटेका थिए । खबर पाउनासाथै खटिएको प्रहरी टोलीले उनीहरुलाई मोटरसाइकल र लुटिएको ब्यागसहित नियन्त्रणमा लिएको हो ।
लुटिएको झाेलामा केही नगद, रोलेक्स लेखेको एक थान घडीलगायतका सामान रहेका थिए भने पक्राउ परेकाहरुको साथबाट खुकुरी, ट्रामाडोल नामको लागुऔषधलगायत बरामद गरिएको छ ।
उनीहरुलाई वृत्त बालाजुमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार ०९:५३










