२८ मंसिर २०८२, आईतवार | Mon Dec 15 2025

कसैको अनुहार नहेरि भ्रष्टाचार नियन्त्रण गर्छु : प्रधानमन्त्री ओली

१५ माघ, काठमाडाैं । कसैको अनुहार नहेरि भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्दता प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएका छन् ।  सशस्त्र प्रहरीको १८ औं वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै  भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने नाराका साथ अघि बढेकाे र वास्तवमै भ्रष्टाचार नियन्त्रण गर्ने प्रधानमन्त्री ओलीले बताएका छन् ।

पहिलेको जस्तो चर्चामा आउन देखावटीरुपमा काम नगर्ने भन्दै सरकारले भ्रष्टाचारको अन्य हुने वातावरण निर्माण गर्ने बताएका छन् ।सोही अवसरमा प्रधानमन्त्री ओलीले अहिले लडाइ र द्वन्द्व सकिएपनि फेरि केहीले निम्त्याउन खोजेको भन्दै सरकारले त्यस्तो हुन नदिने बताए ।

प्रकाशित मिति : १५ माघ २०७५, मंगलवार १२:३७