गृहमन्त्री थापाकाे भ्रष्टाचारविरुद्धको प्रतिवद्धता सुनेर प्रधानमन्त्री ओली दंग
१५ माघ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापाको भ्रष्टाचारविरुद्धको प्रतिबद्धताबाट आफू खुशी भएका बताएका छन । मंगलबार सशस्त्र प्रहरी बलको १८ औँ स्थापना दिवसको अवसरमा आयाजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री आलीेले गृह मन्त्रालय अन्तर्गतका सबै निकायलाई परदर्शी र सुशासनका दृष्टिकोणले उत्कृष्ट बनाउने गृहमन्त्रीको भनाइले आफू भ्रष्टाचार विरुद्धको लडाइँ जित्नेमा ढुक्क बनको बताए ।
भ्रष्टाचार नियन्त्रणमा प्रहरीको भूमिका सबैभन्दा महत्त्वपूर्ण रहेको भन्दै गलत काम कोहीकसैबाट हुन नहुन बताए । लोकमानसिंह कार्कीले अख्तियारको प्रमुखका रुपमा १३ पन्नको आतंक मच्चाएका स्मरण गर्दै जिम्मेवार निकायबाट नै गलत काम हुन नहुने भन्दै सचेत गराए । प्रधानमन्त्रीले सशस्त्र प्रहरीले खेलेको भूमिका स्मरणीय र प्रशंशनीय रहेको बताए ।
प्रकाशित मिति : १५ माघ २०७५, मंगलवार ११:२४