दिपक मनाङेले माननीयको सपथ पाएकाेमा सरकारको बधाई !
१५ माघ, पोखरा । दीपक मनाङेलाई माननीयको सपथ पाएकाेमा सरकारको तर्फबाट बधाई पाएका छन् । मनाङ प्रदेश ‘ख’ बाट निर्वाचित मनाङेले १४ महिनापछि माननीयको सपथ लिन पाएकाेमा सरकारकाे तर्फबाट बधार्इ पाएका हुन् । केही दिनयता सपथ खुवाउन विभिन्न व्यक्तिसँग राय र मौका हेरिरहे कागण्डकी प्रदेशका सभामुख नेत्र अधिकारीले मनाङेलाई सपथ गराए हुन् ।

सपथ लिन माग गर्दै प्रदेशसभा सचिवालयमा निवेदन दिएको ३२ दिनपछि सभामुख अधिकारीले सपथ खुवाए । सभामुख अधिकारीसँगै उपसभामुख सर्जना शर्मा, सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत, आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले अबिर र खादा लगाइदिए, हात मिलाएर माननीयज्यू भन्दै बधाई दिएका थिए ।
प्रकाशित मिति : 11:05









