१९ माघ २०८२, सोमबार | Tue Feb 3 2026

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१० कात्तिक, काठमाडौं। सुनको मूल्य आज पनि घटेको छ । स्थानिय बजारमा आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३९ हजार ९ सय रुपैयाँमा भईरहेको छ ।

आइतबार  छापावाल सुन तोलामा ११ हजार ६ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँमा भएको थियो । चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ३ हजार १५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज २ हजार ९८० रुपैयाँमा झरेको महासंघले जनाएको छ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार १०:५३