२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

छात्रावासमै शिक्षकबाट दृष्टिबिहीन बालिका पटक पटक बलात्कृत

१४ माघ, बाँके  ।  नेपालगञ्जमा नेत्रहीन सङ्घद्वारा सञ्चालित दृष्टिविहीन विद्यार्थीका लागि छात्रावासमा बस्दै आएकी न्यून दृष्टि भएकी बालिका  छात्रावासमै शिक्षकबाट पटक पटक बलात्कृत हुँदै आएकाे घटना सार्वजनिक भएकाे छ । नेपालगञ्ज उपमहानगरपालिका-१३, बुलबुलियामा बाँकेकाे छात्रावासमा उक्त घटना घटेकाे हाे ।

त्यसै छात्रावासमा बस्दै आएका र मंगलप्रसाद मावि नेपालगञ्जका स्रोत शिक्षक कन्हैयालाल थारुले २०७३ देखि २०७५ साउनसम्म पटक पटक जबरजस्ती करणी गर्दै आएको दावी गर्दै प्रहरीमा उजुरी गरेपछि घटना सार्वजनिक भएको हो । किशोरीले मंसिर ११ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी गरेपछि थारुलाई प्रहरीले पक्राउ गरेको छ ।

नेत्रहीन महिला संघ र महिला तथा बालबालिका विभागको पहलमा कानूनी उपचारको प्रयास गरिएको हो । यसैबीच नेत्रहीन महिला संघ बाँकेले सोमबार नेपालगञ्जमा पत्रकार सम्मेलन गरी पीडित बालिकाको न्यायका लागि सहयोग गर्न सबैमा अपिल गरेको छ । (यसअघि दृष्टिबिहीन हुनुपर्नेमा अन्यथा भएकाले सच्चाइएको छ । यसबाट सम्बन्धितमा पर्ने गएको असुबिधाप्रति क्षमा चाहन्छाैँ–सम्पादक)

 

प्रकाशित मिति : 20:57