सुविनको साताैँ कृति “चमेलीको फूल बैजनी रुमाल” बजारमा
१ कात्तिक, काठमाडौँ । प्रसिद्ध लेखक सुविन भट्टराईको सातौँ पुस्तक “चमेलीको फूल बैजनी रुमाल” लोककार्पण भएको छ । शुक्रबार ( २०८२ असोज ३१ गते) नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा सुविनको साताैँ कृति लोकार्पण गरियो ।

सुविनको यो कथा संग्रह हो । ‘समर लभ’ मार्फत लेखन क्षेत्रमा लोकप्रिय बन्नुभएको सुविनले “चमेलीको फूल बैजनी रुमाल” लोकार्पणकै दिन करिब दुई सय पुस्तकमा प्रज्ञा प्रतिष्ठानको डबलीमा बसेर हस्ताक्षर गर्नुभयो ।
सुविनको “चमेलीको फूल बैजनी रुमाल” मा सातवटा कथा रहेका छन । हरेक पुस्तकमा पुराना पाठक कायम राख्दै हजारौँ नयाँ पाठक थप्दै आउनुभएको सुविनको यो कृतिमा के हुन्छ त्यो भने हेर्न बाँकी छ। सुविनको यो पुस्तक पनि फाइन प्रिन्टले बजारमा ल्याएको हो ।

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार ०७:२८










