१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

काँग्रेस प्रतिपक्षमा बस्छः नेता खाँण

चितवन । नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले काँग्रेस अब बन्ने सरकारमा प्रतिपक्षमा बस्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले काँग्रेस सरकारमा जाने कुनै योजना नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कुनै नेताले व्यक्तिगत रुपमा भन्ने कुरा अलग हो, पार्टीको सरकारमा जाने योजना छैन ।”

उहाँले थप्नुभयो, “पार्टीको आधिकारिक धारणा प्रतिपक्षमा बस्ने हो, सरकारले के कस्ता नीति तथा कार्यक्रम ल्याउँछ, त्यसमा आधारित भएर रचनात्मक सहयोग गर्छौंं ।” उहाँले काँग्रेसको सिटको संख्या घटेकाले सरकार निर्माणका लागि जनादेश नभएको पनि बताउनुभयो । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच तालमेल गरेर निर्वाचनमा गएको भन्दै उहाँले उहाँहरुकै बहुमत भएकाले कसलाई प्रधानमन्त्री बनाउने भन्ने विषय उहाँहरुकै विषय भएको पनि बताउनुभयो ।

kqsf/ ;Dd]ngdf g]tf vfF8
g]kfn k|]; o’lgog lrtjg zfvfn] z’qmaf/ e/tk’/df cfof]hgf u/]sf] kqsf/ ;Dd]ngdf g]kfnL sf+u|];sf g]tf afns[i0f vfF8 . t:jL/ M lrtjg, /f;;

आउँदो निर्वाचनसम्ममा काँग्रेसलाई पहिलो पार्टी बनाउने भन्दै उहाँले त्यसैका लागि काँग्रेस गृहकार्यमा लाग्ने बताउनुभयो । पार्टी्भित्रका गुट उपगुटको अन्त्य गर्दै पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउने पनि उहाँले बताउनुभयो । अर्काे एक प्रश्नमा उहाँले नेतृत्व परिवर्तनले पार्टीमा किचलो बढ्न सक्ने भन्दै पार्टीको ढाँचा परिवर्तन गरी प्रादेशिक संगठन बनाउनु पर्ने बताउनुभयो ।

सरकारले जनताका अपेक्षाअनुसारका निर्णय गरेको भन्दै अब बन्ने सरकारले यसलाई के गर्छ भन्ने विषय उसैको सरोकारको विषय भएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : 08:09